काठमाडौं– नक्कली रिभल्वर देखाएर प्रहरी हुँ भन्दै धम्क्याउँदै हिँड्ने १ जनालाई सिरहा प्रहरीले लागु औषधसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको गौरदह नगरपालिका–१ घ रभइ हाल काठमाडौंको मण्डिखाटार बस्ने गरेका ३२ वर्षीय अशिम गुरुङ छन्।
प्रहरीले उनको साथबाट नक्कली रिभल्वर तथा रिभल्वर राख्ने होलस्टरसहित निट्राभाट–१० लेखिएको लागू औषध ३९ पिस, स्पासमोप प्रोक्सीभोन प्लस लेखिएको लागु औषध २२ पिस, प्रहरी निरीक्षक अशिम गुरुङ लेखिएको नेपाल प्रहरीको नक्कली परिचय पत्र बरामद गरेको छ।
पक्राउ परेका गुरुङविरुद्ध लागु औषध मुद्दामा जिल्ला अदालत सिरहाबाट ५ दिनको म्याद लिइ थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।