काठमाडौं– विभिन्न किसिमका हातहतियार देखाएर स्थानीयलाई त्रसित पारेको आरोपमा दाङ प्रहरीले सात जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले हतियारसहित सात जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो।
प्रहरीले सार्वजनिक गरेको सूचीअनुसार पक्राउ पर्नेहरूमा तुलसिपुर उपमहानगरपालिका–९ का २५ वर्षीय सन्तोष बस्याल, सोही ठाउँका १६ र १७ वर्षका दुई बालक, १८ वर्षीय मोहन बस्नेत, २१ वर्षीय केतु ओली, २१ वर्षकै अजिल मिया र २३ वर्षीय पोषण ओली छन्। उनीहरुबाट खुँडा, हसिँया बन्चरो, पेस्तोल आकारको लाइटर बरामद भएको छ।
मदिरा सेवन गरेर आइतबार बिहान ५ बजेतिर तुलसिपुर उपमहानगरपालिका–३ भ्युडरका स्थानीयलाई उक्त हतियार देखाई त्रसित पारेको दाङ प्रहरीका प्रवक्ता तथा डीएसपी मुकुन्द रिजालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।