सिमकोट– गत बिहीबार र शुक्रबार परेको हिमपातले हुम्लाको हवाई सेवा अवरुद्ध भएको छ। यहाँको विमानस्थलमा बाक्लो हिउँ जमेको छ।
मौसममा सुधार आएसँगै हिउँ शनिबारदेखि नै पन्छाउन सुरु गरिएको सिमकोट विमानस्थलले जनाएको छ। साढे दुई फिटसम्म हिउँ जमेपछि जिल्लाको एकमात्रै विमानस्थल चार दिनदेखि ठप्प छ।
हिमपातले चार दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई सेवाले उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखा कार्यालय प्रबन्धक मोहन गिरीले जानकारी दिए। विमानस्थलमा दैनिक १५ सम्म उडान हुने गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।