काठमाडौं– म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ। शनिबार राति फुलहमलाई ४–१ गोल अन्तरले हराउँदै सिटी अन्तिम १६ मा पुगेको हो।
शनिबार राति घरेलु मैदानमा सम्पन्न खेलमा एक गोलको अग्रता उल्ट्यउँदै सिटीले जित निकालेको हो।
खेलको चौंथो मिनेटमै फाबियो कार्भाल्होले गोल गर्दै फुलहमलाई सुरुआती अग्रता दिलाएका थिए। तर, छैटौं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा ल्याए।खेलको १३ औं मिनेटमा जोन स्टोन्सले गोल गर्दा सिटी २–१ ले अघि रह्यो।
खेलको ५३ औं मिनेटमा रियाद महरेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई ३–१ को अग्रता दिलाए भने खेलको ५७ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४–१ को जित दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।