काठमाडौं- २०७२ सालको भूकम्पपछि देशभर क्षति पुगेका संरचना पुन: निर्माण भए र कतिपय अहिले पनि जारी रहेको छ।
पुन: निर्माणपछि कतिपय गाउँमा नयाँ नयाँ घर बने। तर, ललितपुरको पाटनको बस्ती भूकम्प गएको छ वर्ष बितिसक्दा पनि अझैं टेकोमा अडिएको छ।
ऐतिहासिक पुरातात्विक महत्व बोकेको पाटनको पुराना बस्तीहरु मंगलबजार, बंगलामुखी, गावाहाल, नटोल, पाटनढोकाका टोलमा घरमा लगाइएको हटेको छैन। कतिपय ठाँउमा लगाइएको पुरानो भएको र भाँचिएको समेत देख्न सकिन्छ।
सरकारले भूकम्प पछिको पुननिर्माणको लागि गठन भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण आफ्नो समयावधि सकिएर खारेज भइसक्यो।
राजधानीको मुख्य शहरी क्षेत्र जहाँ मानिसहरुको चाप हुने गरेको छ त्यस्ता क्षेत्रमा टेकाहरुले घर धानिरहेको छ यसले पक्कै पनि जोखिम बढाएको छ। 







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।