काठमाडौं- भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले विश्वकप फाइनलमा पुगेको यू–१९ टोलीका खेलाडीसँग कुरा गर्दै जितको मन्त्र दिएका छन्।
भारतीय यू-१९ क्रिकेट टोलीले फाइनलमा इङ्ग्ल्याण्डको सामना गर्नेछ। फाइनल खेल शनिबार हुने छ। सेमिफाइनलमा बलियो टोली अस्ट्रेलियालाई ९६ रनको ठूलो अन्तरले पराजित भारत उपाधिनजिक पुगेको हो।
कोहलीको कप्तानीमा भारतको यू-१९ क्रिकेट टोलीले २००८ मा विश्वकप जितेको थियो। यू-१९ टोलीका धेरै खेलाडीले ट्वीटर र इन्स्टाग्राममा जुम कलको तस्बिर पोस्ट गर्दै कोहलीलाई धन्यवाद दिएका छन्। टोली सदस्य आराध्या यादवले ट्वीट गर्दै लेखेकी छन्,‘ धन्यवाद विराट दाई। तपाईं हामीलाई सधैं कडा मिहेनत गर्न प्रेरणा दिनुहुन्छ।’
भारतको यू-१९ क्रिकेट टोलीले हालसम्म चार पटक विश्वकपको उपाधि जितेको छ। भारतले सन् २०००, २००८, २०१२ र २०१८ मा उपाधि उचालेको थियो।
यसपटक फाइनलमा भारतले कप्तान यश धुल र उपकप्तान शेख रसिदबाट धेरै आशा राखेको छ। सेमिफाइनलमा दुवैले उत्कृष्ट साझेदारी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।