काठमाडौं- गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन्। नगरपालिकाले सूचना जारी गर्दै विद्यालय खुल्ने जानकारी दिएको हो।
नगरपालिकाले नगरभित्रका सबै विद्यालय भौतिक दूरीसहित स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न अनुरोध गरेको छ। मापदण्ड पुरा गरे/नगरेको अनुगमन गर्ने नगरपालिकाका शिक्षा, स्वास्थ्य तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले जानकारी दिए।
विद्यालयसम्बद्ध विभिन्न पेसागत संघ संगठनको मागअनुसार कक्षा सञ्चालन गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।