काठमाडौं– नेपाल राष्ट्र बैंक लिमिटेडले २१ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।
बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७८ साल फागुन ४ गतेदेखि २०७९ साल फागुन ४ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको राष्ट्र बैंकले एक सूचना मार्फत् जानकारी दिएको छ।
बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १६ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड १५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड ५ लाख रुपैयाँ गरी कूल २१ करोड रुपैयाँ लगानी गर्न लागेको हो।
बैंक तथा वित्तीय संस्थाले माघ २४ गते बिहान १० बजेदेखि बेलुका ३ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेस गर्नु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।