काठमाडौं- शनिबार दिउँसोबाट मौसममा सुधार आउने मौसमविद्ले बताएका छन्। जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायु सक्रिय देखिएकोले अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।
मानन्धरका अनुसार आज दिनभर मौसमी प्रणाली यस्तै रहने देखिएको छ भने भोलि दिउँसोबाट केही सुधार हुने सम्भावना रहेको छ।
'आज दिनभरि यस्तै हुने देखिन्छ। भोलि दिउँसोबाट केही सुधार हुन्छ' उनले भनिन्, 'भोलि मध्याह्नपछि केही सुधार हुन्छ। बादल त लाग्छ, तर वर्षा हुँदैन।'
भोलि विहान 'फर्ट आवर' पछिबाट पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुँदै जाने उनले बताइन्। आज दिनभरि र रातभर चाँहि देशभर खुल्ने र पानी पर्ने भइरहने मानन्धरले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।