काठमाडौं- बेइजिङमा सुरु भएको शीतकालीन ओलम्पिक २०२२ को उद्घाटनमा भाग लिनु भन्दा एक दिन पहिला रुसी राष्ट्रपति भ्लादमिर पुटिनले चिनियाँ सञ्चारमाध्यमसँग दुई देशका नेताहरुको बैठकबाट रुस र चीनबीचको आपसी राजनीतिक विश्वासको आधारमा निकटस्थ सहयोग स्थापित हुने जनाएका छन्।
चीनको समाचार ग्लोबल टाइम्सका अनुसार, राष्ट्रपति पुटिनले दुबै देश आजको चुनौतीपूर्ण विश्वमा स्थिरताको सुरक्षा गर्न महत्वपूर्ण भूमिका निभाउने छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा रूसी राष्ट्रपति पुटिन बेइजिङ भ्रमणमा छन्। उनले आज बेइजिङमा उद्घाटन हुने शीतकालीन ओलम्पिक खेलको उद्घाटन समारोहमा सहभागी हुनेछन्। यस क्रममा दुवै नेताबीच द्विपक्षीय र अन्तर्राष्ट्रिय मुद्दामा विस्तृत र गहन वार्ता गर्ने जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।