काठमाडौं- चीनको राजधानी बेइजिङमा शीतकालीन ओलम्पिक २०२२ को सुरुआत गरिएको छ।शुक्रबारबाट शीतकालीन ओलम्पिक सुरु भएसँगै बेइजिङ एक्लो यस्तो शहर बनेको छ जसले ग्रीष्म र शीत दुबै ओलम्पिक खेलको आयोजना गरेको छ।
कोविड-१९ को कडा प्रतिबन्धकाबीच यो ओलम्पिक राजनीतिक तनावले घेरिएको छ। अमेरिकासहित कयौं देशले चीनको शिनजियांगमा मानवाधिकारको उल्लंघनको आरोपका कारण यस आयोजनाका कुटनीतिक स्तरमा बहिष्कार गरेको हो।
एथलेटिक र अधिकारी कोभिडको प्रसारबाट बच्नका लागि तयार गरिएको‘बबल’ भित्रनै बसेका हुन्। उनीहरुलाई यस बबलसँग बाहिर जाने इजाजत छैन। भारतले राजनीतिक स्तरमा आयोजनाको बहिष्कार गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।