काठमाडौं– कोरोनाभाइरसको महामारीका कारण बन्द भएका भारतको पश्चिम बंगालका विद्यालयहरू पुनः खुला भएका छन्। यसअघि कोरोनाका कारण बन्द रहेकोमध्ये कक्षा ८ देखि १२ सम्मको पढाइ बिहीबारदेखि सुरु भएको अधिकारीहरूले जानकारी दिएका छन्।
गत सोमबार मुख्यमन्त्री ममता बेनर्जीले बिहीबारदेखि विद्यालयहरूमा पठन पाठन सुरु गर्ने घोषणा गरेकी थिइन्। विद्यालयका कक्षा ८ देखि १२ सम्मको पढाइसँगै विश्वविद्यालयहरूले पनि पढाइ सुरु गरेका छन्।
कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश सरकारले गत जनवरी ३ देखि विद्यालय तथा अन्य शैक्षिक संस्थाहरुमा अध्ययन अध्यापन कार्य बन्द गरेको थियो।
सरकारले त्यति बेलादेखि नै स्पा, शैलुन, ब्युटी पार्लर, चिडियाखाना, मनोरञ्जनस्थललगायत बन्द गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।