काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)को १६औं कार्यसमितिको बैठकले निर्वाचन समिति र पुनरावेदन समिति गठन गरेको छ।
कर्माछिरिङ शेर्पाको अध्यक्षतामा बिहीबार बसेको बैठकले अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा समिति गठन गरेको हो।
समितिको सह–संयोजकमा अधिवक्ता रामचन्द्र गौतम तथा सदस्य दामोदर भट्टराई, वैकल्पिक सदस्यमा अधिवक्ता सरस्वती श्रेष्ठ र अधिवक्ता प्रिति कार्की रहेका छन्।
यस्तै, बैठकलले निर्वाचन समितिमा मनोनयन गर्न संघको २०औं विशेष साधारण सभा (एन्फा एक्ट्राअर्डिनरी कंग्रेस) बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय गरेको छ।
यता, निर्वाचन पुनरावेदन समितिको संयोजकमा अधिवक्ता बिष्णु लुईटेल, सह-संयोजक अधिवक्ता सुधा रिजाल, सदस्य अधिवक्ता केशवमणि अर्याल र बैकल्पिक सदस्यहरुमा अधिवक्ता यज्ञबहादुर राना र अधिवक्ता राजेन्द्र इङ्गनामलाई निर्वाचन पुनरावेदन समितिमा मनोनयन गर्न संघको आगामी २० विशेष सधारण सभा (एन्फा एक्ट्राअर्डिनरी कंग्रेस) बैठकबाट निर्णयार्थ पेश गर्ने निर्णय गरेको छ।
दुवै समितिलाई एन्फा लेखापालन तथा अनुपालक समितिबाट इन्टिग्रीटि चेकजाँच गरी उक्त पारित निर्णयलाई अंग्रेजीमा अनुवाद गरी फिफा र ए.एफ.सी.मा पत्राचार गर्ने एन्फाले निर्णय गरेको छ।
यस्तै, एन्फाको आर्थिक वर्ष २०७७/७८ मा १९औ बार्षिक साधारण सभाबाट अनुमोदित वार्षिक कार्यक्रमहरु कोभिड-१९ महामारीले स्थगित भएको हुँदा उक्त अनुमोदित बजेटलाई आव २०७५/०७९ को आर्थिक वर्ष भित्र रकमान्तर गरी खर्च गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।