• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस २६, २०८२ Sat, Jan 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गृहको ६ महिने प्रगति विवरण : प्रहरी नियमावली संशोधनदेखि प्रहरीका ६५ भवन निर्माणसम्म 

64x64
नेपाल लाइभ बिहीबार, माघ २०, २०७८  १७:२९
1140x725

काठमाडौं– बालकृष्ण खाणले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको ६ महिना पुगेको छ। ६ महिना अवधिमा खाण मातहतको गृह मन्त्रालयको गरेका मुख्य–मुख्य कामका विवरणहरु सार्वजनिक गरिएको छ।

सार्वजनिक विवरण अनुसार यस अवधिमा प्रहरी निमायवली संशोधनदेखि प्रहरी भवन निर्माणसम्मका विषयहरु समेटिएका छन्।

कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको स्थापना, प्रदेश प्रहरीको क्षता अभिवृद्धि निर्देशिकाको मस्यौदा तयारसम्मका विषयलाई गृहले मुख्य उपलब्धिको रुपमा लिएको छ। 

यस्तो छ गृहको ६ महिने प्रगति विवरण :
(क)    संस्थागत,नीतिगत तथा कार्यविधिगत सुधार
१.    कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको स्थापना गरिएको।
२.    नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी।
३.    अन्तर प्रदेश प्रहरी परिचालन निर्देशिकाको मस्यौदा तयार भएको।
४.    नेपाल प्रहरी र प्रदेश प्रहरी बीच अपराध नियन्त्रण र अनुसन्धान सहयोग समन्वय कार्यविधिको मस्यौदा तयार भएको ।
५.    प्रदेश प्रहरीको क्षमता अभिवृद्धि निर्देशिकाको मस्यौदा तयार भएको।
६.    निर्वाचन सुरक्षा योजनाको मस्यौदा तयार भएको।
७.    राष्ट्रिय राजमार्ग सुरक्षा कार्यविधि मस्यौदा तयार भएको।
८.    त्रि-वर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्य योजना (Crime Action Plan-CAP)कार्यान्वयनमा ल्याइएको।
९.    सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८
१०.    तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८
११.    फौजदारी कसूर कैद कट्टा (दोशो संशोधन) नियमावली, २०७८ को मस्यौदा तर्जुमा।
१२.    केही नेपाल ऐन संसोधन गर्न बनेको ऐन मार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ संशोधन प्रकृयामा रहेको
१३.    राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (पहिलो संशोधन) नियमावली, २०७८ को मस्यौदा तर्जुमा।
१४.    नेपालप्रहरी(नवौ संशोधन) नियमावली, २०७८  नेपाल सरकार मन्त्रिपरिषद्बानट स्वीकृत  भई कार्यान्वयनमा आएको।
१५.    निर्वाचन आयोग सम्बन्धी विधेयक र निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न नेपाल सरकार मन्त्रिपरिषद्‌बाट मिति २०७८।०९।१४ मा सैद्वान्तिक स्वीकृति दिइएको।
१६.    गृह सुधारकार्ययोजना ,२०७८ को मस्यौदा  तयार गरिएको।
१७.    गृह मन्त्रालय,एकीकृत अनुगमन तथा मुल्यांकन कार्यढाँचा तयार गरी कार्यन्वयनमा लगिएको।
१८.    बेवारिसेशवव्यवस्थापननिर्देशिका, २०७८" नेपाल सरकार (मन्त्रिपरिषद्‍) बाट स्वीकृत भईकार्यान्वयनमा रहेको।
१९.    हातहतियार खरखजाना (दशौं संशोधन) नियमावली. २०७८ नेपाल सरकार मन्त्रीपरिषदबाट स्वीकृत भई कार्यान्वयनमा आएको।

(ख)    प्रहरी
२०.    प्रहरी नियमावलीमा नवौं संशोधन गरी सहायक तथा श्रेणीविहीन दर्जामा वर्षौंदेखि एउटै पदमा कार्यरत रहनुपर्ने अवस्थाको अन्त्य गरी वृत्तिविकासलाई थप अनुमानयोग्य बनाइएको। त्यसको लागि राजपत्र अनङ्किततर्फ प्रहरी वरिष्ठ नायब निरीक्षक,  प्रहरी वरिष्ठ हवल्दारर  प्रहरी सहायक हवल्दार गरी तीन तह तथाश्रेणीविहीनतर्फ द्वितीयदेखि पञ्चम स्तरसम्मचारतह गरी जम्मा सात तहथप दरबन्दी सिर्जना गरी ती पदहरूमा बढुवाबाट पदपूर्ति हुने व्यवस्था गरी प्रहरीको मनोबल उच्च पारिएको। यस व्यवस्थाबाट १,८९० जना श्रेणीविहीन, १४,५५२ जना प्रहरी जवान, ३,३८३ जना प्रहरी हवलदार र १,१७९ वरिष्ठ नायब निरीक्षक गरी जम्मा २१,००४ प्रहरी कर्मचारीहरूको तहवृद्धि हुनेछ।
२१.    प्रहरीको रासन भत्ता १५ प्रतिशतले वृद्धि गरिएको।
२२.   ट्राफिक प्रहरीतर्फ कार्यालय सहयोगीदेखि प्रहरी हवल्दारसम्म शुरु तलब स्केलको ४० प्रतिशत प्रहरी सहायक निरीक्षकदेखि प्रहरी निरीक्षकसम्म २० प्रतिशत र प्रहरी निरीक्षकदेखि प्रहरी नायव उपरीक्षकसम्म १० प्रतिशतका दरले प्रोत्साहन भत्ता उपलब्ध गराइएको।
२३.    प्रहरी सङ्गठनभित्र सकल दर्जाका कर्मचारीहरूलाई आदरार्थी शब्द प्रयोग गर्ने निर्देशन दिइएको।
२४.    दलित समुदायका व्यक्तिहरूले प्रहरी कार्यालयबाट पाउने सेवा सुविधा छिटोछरितो र सहज रूपमा प्राप्त गर्नका तथा दलित व्यक्तिहरूसँग सम्बन्धित मुद्दा मामिलामा सहजीकरण गर्न सामाजिक सहायता कक्षको व्यवस्था गरिएको।

(ग)    अध्यागमन तथा सीमा प्रशासन
२५.    मुलुकभित्र अवैधानिक रुपमा बसेका तथा गैरकानुनी कार्यमा संलग्न विभिन्न मुलकका गरी १५४ जनालाई निष्काशन गरिएको।
२६.    सार्वजनिकसेवाप्रवाहमा लाग्ने समय एक तिहाइले घटाउने गरी प्रशासनिक सुधारका लागि सेवाप्रवाहलाई प्रविधिमैत्री बनाइएको, System Generated QR Code सहितको Digital Visa लागु गरिएको।
२७.    जनतालाई उपलब्ध गराउने सेवालाई जनमैत्री, छिटो, छरितो, सुलभ कम खर्चिलो एवंम झन्झटमुक्त बनाउने सम्बन्धमा यस विभाग अन्तर्गतका पोखरा र काँकडभिट्टा अध्यागमन कार्यालयहरुलाई थप अधिकार प्रत्यायेजन गरी पर्यटक भिसा, नाता भिसा र बैवाहिक भिसा जारी गर्ने गरेको।
२८.    भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालय सञ्चालनका लागि आवश्यक पूर्वतयारी गरिएको।

(घ)    विपद् व्यवस्थापन
२९.    विपद सम्बन्धीसम्पूर्ण विवरणहरू एकीकृत रुपमा रहने गरी तयार गरिएको BIPAD पोर्टलमा विपदको जोखिम नक्सांकन गरी एकीकृत रुपमा तथ्यांक प्रविष्ट गर्ने कार्य भईरहेको।
३०.    मनसुनजन्य विपदबाट प्रभावित निजी आवास प्रबलीकरण तथा पुननिर्माण सम्बन्धी कार्यविधि जारी गरी कार्यान्वयनमा ल्याइएको। साथै, २०७७ सालको मनसुनबाट क्षति भएका निजी आवास पुननिर्माणका लागि हालसम्म विभिन्न जिल्लामा गरी कुल ३६ करोड ३ लाख अनुदान रकम पठाई सकिएको।
३१.    आगलागीजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान वितरण कार्यविधि, २०७८ तयार भई कार्यान्वयनमा रहेको। सो सम्बन्धमा हालसम्म ४९ जिल्लाका ४८० वटा स्थानीय तहलाई अभिमुखीकरण तालीम प्रदान गरिएको।
३२.    नेपाल सरकारको प्रतिनिधिको रुपमा प्रमुख जिल्ला अधिकारीलाई शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सुशासन तथा कानून कार्यान्वयन, विपद् व्यवस्थापन र कोभिड-१९ नियन्त्रण, रोकथाम तथा उपचार आदि विषय मिति २०७८/०५/०१ गतेको परिपत्रबमोजिम सवै जिल्ला प्रशासन कार्यालयले २८ बुँदे निर्देशन कार्यान्वयन गरिरहेका।
३३.    विभिन्न दुर्घटनामा परी घाइते भएका, बाढी तथा पहिरोबाट प्रभावितहरूलाई उद्धार तथा राहत सामाग्रीढुवानी गर्ने प्रयोजनार्थ नेपाली सेनाको हेलिकप्टरबाट ११० पटकभन्दाबढी उडान गरी सहजीकरण गरिएको।
३४.    Search and Rescue Equipment  खरिद भई सशस्त्र प्रहरी बल, नेपाललाई हस्तान्तरण गर्नेप्रकृयामा रहेको।
३५.    कोरोना लगायत स्वास्थ्य महामारी नियन्त्रणमा प्रभावकारी प्रहरी परिचालन र व्यवस्थापन सम्बन्धमा लकडाउन तथा निषेधाज्ञा कार्यान्वयन,सिमा चेकजाँच, क्वारेन्टिन तथा आइसोलेसनको सुरक्षा, कोरोनासंक्रमितको सुरक्षित स्थानान्तरण शव व्यवस्थापन लगायतका अन्य परिचालन गरि कुल १५४०२८ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको।
३६.    कोभिड-१९ रोकथाम नियन्त्रण निदान र उपचारसम्बन्धी तत्कालको एकीकृत कार्ययोजना २०७८ र कोभिड-१९ रोकथाम नियन्त्रण निदान र उपचारको लागि प्रत्यक्ष जिम्मेवारी मन्त्रालय तथा निकायहरूको विस्तृत काम कर्तव्य र जिम्मेवारी मानवीय गृह मन्त्रीस्तरको मिति २०७८/०५/१६ गते स्वीकृत भई कार्यान्वयनको लागि सम्बन्धित निकायहरूमा पठाइएको।
३७.    हिमताल, शीतलहर,अत्यधिक चिसो लगायत विपद् जोखिम न्यूनीकरण सम्बन्धी पूर्वतयारी तथा प्रतिकार्य योजना तयार भई कार्यान्वयनका लागि पठाइएको।
३८.    हिमताल,शीतलहर, अत्यधिक चिसो लगायत विपद्जन्य घटनाबाट बढी प्रभावित तराईका १० जिल्लाहरूमा आपतकालीन बन्दोबस्ती व्यवस्थापन सामग्रीहरू पठाइएको।
३९.    लुम्बिनी प्रदेशको नेपालगञ्ज र कर्णाली प्रदेशको सुर्खेतमा प्रदेशस्तरीय मानवीय सहायतास्थल सञ्चालनमा ल्याइएको।
४०.    त्रिभुवन विमानस्थलस्थित मानवीय सहायतास्थलमा रहेका खोज उद्धार सामग्रीहरू सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारलाई हस्तान्तरण गरिएको।
४१.    मनसुनजन्य विपदबाट बढी प्रभावित क्षेत्रहरूमा पुनर्निर्माण तथा पुनर्स्थापन कार्य प्रभावकारी रुफमा सञ्चालन गर्न सिन्धुपाल्चोक र मनाङ्ग जिल्लाका सबै र बझाङ, बाजुरा, डोटी, दार्चुला,बैतडी, डडेलधुरा, ईलाम, रुपन्देही, पाँचथरर धनुकटा जिल्लाका ३३ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको।

(ङ)    पूर्वाधार निर्माण
४२.    भारतीय अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन लगायतका पूर्वधार निर्माण गर्ने सम्बन्धमाखरिद कार्य अगाडि बढाइएको।
४३.    नेपाल प्रहरीतर्फ ६५ वटा भवनको निर्माण कार्य जारी रहेको।
४४.    मोरङ्ग र पाँचथरको नयाँ कारागार भवन निर्माण कार्य तीब्रताकासाथ भैरहेको।
४५.    बाँकेको गनापुरमा खुला कारागार संचालनका लागि प्रशासनिक र सुरक्षा भवनको निर्माण कार्य अन्तिम अवस्थामा रहेको।

Ncell 2
Ncell 2

(च)    कारागार व्यवस्थापन
४६.    खुला कारागार सञ्चालन नियमावलीको मस्यौदा तयार गरिएको।

(छ)    सुरक्षा व्यवस्थापन
४७.    विगत ६ महिनामा मात्र  महानगरीय प्रहरी कार्यालय तथा प्रदेश प्रहरी कार्यालयहरूमा गरी कुल ९५० थान सिसिटिभि क्यामेरा जडान गरिएको ।
४८.    थप ३ स्थान सहित हालसम्म मुलुकका विभिन्न सिमाक्षेत्रमा गरी सशस्त्र प्रहरीको  कूल बिओपि संख्या २२७ पुगेको ।
४९.    विभिन्न जलविद्युत तथा आयोजना,महत्वपूर्ण प्रतिष्ठान, कुटनीतिक नियोग, रेल्वे गरी २५  स्थानमा  सशस्त्र  प्रहरीवाट सुरक्षा व्यावस्थापन गरिएको।
५०.    गृह मन्त्रालय र मधेश प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको संयुक्त आयोजनामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी जनकपुरको धनुषामा मिति २०७८।०७।२२ मा सम्पन्न भएको।
५१.    दशैं तिहार छठ लगायतका ठूला चाडपर्वको समयमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन राजमार्ग/सहायक राजमार्गमा हुनसक्ने अवरोध हटाई अत्यावश्यक बस्तु तथा सेवाको सहज आपूर्ति व्यवस्था मिलाइएको।
५२.    नेपाल सरकार मन्त्रीपरिषद् र CCMCC बाट कोभिड-१९ सङ्क्रमण रोकथामका लागि भएका निर्णयहरूको यस मन्त्रालय मातहतका सुरक्षा निकायहरू र जिल्ला प्रशासन कार्यालयहरूमार्फत कार्यान्वयन गरिएको।

(ज)    लागुऔषध नियन्त्रण
५३.    जम्मा ३० वटा लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्रलाई मन्त्रालयमा आवद्ध गरिएको।
५४.    लागुऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना (२०७९-२०८४) को मस्यौदा तयार गरिएको।
५५.    तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ जारी भई कार्यान्वयनमा आएको।
५६.    तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०७८ को मस्यौदा तयार गरिएको।
५७.    लागुऔषध उपचार तथा पुनर्स्थापना केन्द्रलाई प्रदान गरिने अनुदान वितरण कार्यविधि, २०७७ (प्रथम संशोधन) गरिएको।
५८.    लागुऔषध, रसायन र विष्फोटक पदार्थ आयत तथा प्रयोगको इजाजत र विद्युतिय अभिलेखाँकनका लागि Drug Chemical and Explosives Tracking and Management System (CEDTM) प्रणालीको विकास भइरहेको।
५९.    लागुऔषधनियन्त्रणलाई प्रभावकारी बनाउन लागुऔषध नियन्त्रण शाखाका प्रमुख एवं ७७ वटै जिल्लाका सहायक जिल्ला अधिकारीलाई ‍औषध नियन्त्रण अधिकारी तोकिएको।
६०.    विगत ६ महिनामा मुलुकभर विभिन्न प्रकारका लागुऔषध सहित  नेपाली नागरिक २,१८३ जना, भारतीय नागरिक ५८ जना र विदेशी नागरिक ५ जना गरी कुल २२४६ जना पक्राउ गरिएको। पक्राउ गरिएका ब्यक्तिहरूबाट ठूलो मात्रामा गाँजा चरेस हेरोइन अफिम कोकिन लगायतका लागुऔषध बरामद गरिएको। लागुऔषधका प्रयोगकर्ताबाट आपूर्तिकर्तासम्म पुग्न प्रहरी सफल भएको छ। 

(झ)    सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता
६१.    थप १७३ समेत गरी हालसम्म कुल ६५४  स्थानीय तहमा बैकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण भैरहेको।
६२.    व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणाली (VERSP-MIS) को लागि Data center र Recovery Center को स्थापना भएको। 
६३.    विगत ६ महिनामा थप ६६४ वडा कार्यालयमा अनलाइन घटना दर्ता विस्तार गरिएको।

(ञ)    नागरिकता तथा राष्ट्रिय परिचयपत्र
६४.    विभिन्न १२ जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि नागरिकको विवरण संकलन गर्न वडास्तरमा अभियान सञ्चालन भएको।
६५.    विभिन्न जिल्लाका १७ इलाका प्रशासन कार्यालयहरूमा राष्ट्रिय परिचयपत्रको स्थायी स्टेशन स्थापना गरिएको।
६६.    पौष मसान्तसम्म राष्ट्रिय परिचयपत्रको लागि २३,७४,८८१ जना नागरिकको विवरण संकलन गरिएको।
६७.    राष्ट्रिय परिचयपत्र (NID Smart Card) वितरणका लागि आवश्यक प्रकृया पुरा गरी कार्ड आपूर्तिको चरणमा रहेको।
६८.    नागरिकता सूचना व्यवस्थापनका लागि प्रदेशगतएकीकृत प्रणाली स्थापना गरी गण्डकी प्रदेशमाकार्यान्वयनमा समेत ल्याइएको।

(ट)    आर्थिक सहायता तथा सहजीकरण
६९.    विभिन्न उखु किसानहरूलाई रु ६९ करोड भन्दा बढीरकमभुक्तानी गराउने सम्बन्धमा आवश्यक  समन्वय गरिएको।
७०.    गम्भीर प्रकृतिका रोग लागेका तथा अन्य राज्यले सहयोग गर्नै पर्ने प्रकृतिका व्यक्तिहरूलाई रू ९ करोड ५५ लाख २० हजार आर्थिक सहायता दिइएको।

(ठ)    नागरिक सम्मान
७१.    राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउहुने ८८७ जना महानुभावहरुलाई सम्मानस्वरुप विभिन्न विभूषणहरू प्रदान गरिएको।

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १७:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार कायम, ६ सदस्यका लागि १८ को दाबी
गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा
थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका टोपबहादुरको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार कायम, ६ सदस्यका लागि १८ को दाबी शुक्रबार, पुस २५, २०८२
गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा शुक्रबार, पुस २५, २०८२
थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका टोपबहादुरको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश शुक्रबार, पुस २५, २०८२
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न मेटा, टिकटकलगायतलाई आयोगको आग्रह शुक्रबार, पुस २५, २०८२
काँग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्