काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टोलीमा रहेका सबै खेलाडीलाई रिलिज गरेको छ।
अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३४ खेलाडी राष्ट्रिय टोलीमा रहेका थिए। उनीहरूलाई बुधबार रिलिज गरेको हो।
एन्फाका अनुसार टोलीमा खेलाडीलाई रिलिज गर्नुपूर्व कोरोनाको बुस्टर डोज लगाइएको थियो।
दुवै मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई हराएको थियो। नेपालले शनिबार भएको पहिलो खेलमा विमल घर्तीमगगरको निर्णायक गोलबाट १-० को संघर्षपूर्ण जित निकालेको थियो भने मंगलबार भएको दोस्रो खेलमा सोही नतिजालाई निरन्तरता दिएको थियो।
मंगलबार सम्पन्न खेलमा भने सुजल श्रेष्ठले निर्णायक गोल गरेका थिए। यससँगै विमलको अन्तर्राष्ट्रिय गोलसंख्या ९ पुगेको छ। यता, सुजलको यो तेस्रो गोल हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।