काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले बैठक सुरु हुने मिटिङको लिङ्कसहित कार्यसमिति सदस्यहरूलाई सूचना पठाएका हुन्। उनले पठाएको सूचना अनुसार बैठक बिहान ११: ३० बजेदेखि सुरू हुनेछ।
एन्फाका बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित कार्यसमितिका ७ सदस्यले बैठक राख्न माग गरेका थिए।
बैठक माग गर्नेमा ४ सदस्य किरण राई, दीनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामा थिए। उनीहरूकै आह्वानमा यसअघि बैठक बसेको थियो।
यसअघि पुस २२ गते बसेको बैठकमा विभिन्न १९ वटा अजेन्डामाथि छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।