काठमाडौं– दक्षिण कोरिया कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ फुटबलका लागि छनोट भएको छ।
विश्वकप छनोट अन्तर्गत मंगलबार सिरियालाई २–० गोल अन्तरले हराउँदै दक्षिण कोरियाले विश्वकपमा छनोट हुने दोस्रो एसियाली राष्ट्र बनेको हो। यसअघि इरान एसियाबाट विश्वकपमा छनोट भइसकेको छ।
दक्षिण कोरियाको जितमा किम जिन सु र क्वोन चाङ होनले एक/एक गोल गरे।
खेलको दुवै गोल दोस्रो हाफमा भएको थियो। खेलको ५३ औं मिनेटमा किमले गोल गर्दै दक्षिण कोरियालाई अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ७१ औं मिनेटमा क्वोनले गोल गर्दै दक्षिण कोरियालाई २–० को जित दिलाए।यस जितसँगै दक्षिण कोरियाले ८ खेलमा २० अंक जोडेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।