काठमाडौं- अफ्रिकी राष्ट्र मरिससविरूद्ध दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले १-० को अग्रता लिएको हो। नेपालका लागि सुजल श्रेष्ठले गोल गरे।
खेलको १०औं मिनेटमा सुजलको कर्नरमा आएको बललाई मरिससका डिफेन्डरले क्लियर गर्ने कोसिस गरेका थिए। उक्त फितलो क्लियरलाई डिबक्स बाहिर रहेका आशिषले प्रहार गरेका थिए।
उक्त बल पुजन उपरकोटीलाई लाग्दै सुजलसम्म पुगेको थियो। सुजलले उक्त बललाई जाली चुमाए।
यस्तै खेलको १२औं मिनेटमा मरिससले गोल गर्ने अवसर पाएको थियो तर, कप्तान एन्डी सोफीले सदुपयोग गर्न सकेनन्।
नेपाली डिफेन्डर दिनेश राजवंशीले ह्यान्ड गरेपछि मरिससले पेनाल्टी पाएको थियो। तर, सोफीले सेकेण्ड बार च्याप्दै गरेको प्रहारलाई किरणकुमार लिम्बूले ड्राइभ गर्दै बचाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।