काठमाडौं– इंग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्ट्राइकर पियरी एम्रिक अबुमियाङ स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध भएका छन्। ३२ वर्षीय पियरीलाई बार्सिलोनाले जनवरी सरुवा बजारको अन्तिम दिन सोमबार अनुबन्ध गरेको हो।
डिसेम्बरमा अनुशासनको कारबाहीमा परेपछि मैदान बाहिर रहँदा आएका उनीबाट आर्सनलले कप्तानीको जिम्मेवारीसमेत खोसेको थियो।
आर्सनलबाट औबामयाङले प्रिमियर लिगको १ सय २८ खेलमा ६८ गोल गरेका छन्। उनलाई भित्र्याउने होडमा इटालियन सिरी ‘ए’ को क्लब युभेन्टस पनि थियोे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।