काठमाडौ– नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार मरिसविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय खेल खेल्दैछ। खेल अपरान्ह ४:४५ बजेबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरू हुनेछ।
मंगलबारको खेलका लागि मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले दर्शन गुरुङ र मनिष डाँगीलाई टोलीमा समावेश गरेका छन्। मनिषले शनिबार भएको पहिलो खेल खेलेका थिए। तर, यसअघि घोषित टोलीमा रहेका अनन्त तामाङ र प्रशान्त अवस्थीले भने खेल गुमाउने भएका छन्।
प्रशिक्षक अल्मुताइरीले मरिससविरुद्धको दोस्रो खेलका लागि २३ सदस्यीय टोलीमा २ परिवर्तन गरेका हुन्। यसअघि पहिलो खेलका लागि उनले फरक टिम घोषणा गरेका थिए। जसमा दर्शनको सट्टा प्रशान्तलाई टोलीमा समावेश गरिएको थियो।
दोस्रो खेलका लागि घोषित टोलीमा गोलकिपर शत्रुघन चौधरी, डिफेन्डर नविन गुरुङ, मिडफिल्डर आशिष राई र फरवार्ड सुशिल राई समावेश भएका छन्। उनीहरूले आजको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गर्नेछन्।
पहिलो खेलमा टोलीमा नभएका पुजन उपकरोटी, सुवास गुरुङ, विशाल श्रेष्ठ, एरिक विष्ट र सन्तोष तामाङ पनि दोस्रो खेलका लागि टोलीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।