काठमाडौं- इङ्ल्यान्डका पूर्वमिडफिल्डर फ्रान्क लाम्पार्ड इङ्ग्लिस क्लब एभर्टनको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
सोमबार एभर्टनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् चेल्सीका पूर्वप्रशिक्षकसमेत रहेका लाम्पार्डलाई नियुक्त गरेको जानकारी दिएको हो।
एभर्टनले खेलेका १३ मध्ये एक खेलमा मात्र जित निकालेकाले पछि गत आइतबार राफेल बेनिटेज बर्खास्त गरेको थियो। उनको बर्खास्तीसँगै क्लब मुख्य प्रशिक्षकविहिन थियो।
बेटिनेटलाई प्रतिस्थापन गरेका ४३ वर्षीय लाम्पार्डले आइतबार आवश्यक प्रक्रिया पूरा गरेका थिए। उनले एभर्टनसँग साढे दुई वर्षको सम्झौता गर्ने बताइएको छ।
चेल्सीबाट बर्खास्तमा परेपछि लाम्पार्ड क्लबविहीन थिए। एभर्टन पनि पछिल्लो समय केयर टेकर प्रशिक्षक डुनकान फर्गुसनको नेतृत्वमा रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।