फाइल तस्बिर
काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको स्थगित खेल शनिबार हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार स्थगित भएको पुलिस र च्यासलबीचको खेल शनिबार हुने जनाएको छ।
नवौं चरणअन्तर्गत यसअघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो। तर, च्यासलका १९ खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएपछि खेल स्थगित गरिएको थियो।
जारी लिगमा पुलिस ८ खेलमा ७ अंक जोडेर ११औं स्थानमा छ। यता, रेलिगेसन जोनमा रहेको च्यासल ८ खेलमा ५ अंक साथ १३औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।