काठमाडौं– ब्राजिलमा दुई दिनदेखि भारी वर्षासँगै बाढी आएको छ। बाढी पहिरोमा परी हालसम्म १८ जनाको ज्यान गएको समाचारहरुमा उल्लेख छ। बाढीका कारण अन्य कैयौँ व्यक्ति विस्थापित भएको अधिकारीहरुले जनाएका छन्।
बाढीले ब्राजिलको साओपाओलो शहर सबैभन्दा बढी प्रभावित रहेको छ। स्थानीय प्रहरी र सेना तथा अन्य पनि उद्धारकर्मीहरु उद्धारका लागि जुटिरहेका छन्। भारी वर्षाका कारण उद्धारको काममा समस्या उत्पन्न भएको जनाइएको छ। बाढी बढेसँगे करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन्।
बाढीपछि यस राज्यमा आपतकाल घोषणा गरिएको छ । अधिकांश ग्रामिण भेगमा विद्युत सेवा अवरूद्ध भएको छ भने सडक बगाउँदा यातायात प्रभावित भएको छ। मौसमविद्हरुले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन्। उनीहरुले वर्षा र आँधीको पनि सम्भावना रहेको चेतावनी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।