काठमाडौं– सोमबार सुन तथा चाँदीको भाउ घटेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय तथा चाँदी तोलामा १० रुपैयाँले घटेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सोमबार छापावाल सुन ९१ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।
यसैगरी, आज तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ३ सय रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ। यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको ९२ हजार २ सय रुपैयाँ तथा तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी १२ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला १२ रुपैयाँ ५० रुपैयाँमा कारोबार भएको थियो।
महासंघले अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य तोक्दै आएको छ। आज अन्तर्राष्ट्रिय बजार सुन प्रतिऔँस १७ सय ८७ डलर आसपास कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।