काठमाडौं- अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यदी आफू पुन: सत्ता आए क्यापिटल हिल आक्रमणमा सहभागी आफ्ना समर्थकलाई माफ गर्ने बताएका छन्। उनले २०२४ मा सत्तामा फिर्ता आउनले संकेत गरेका हुन्।
गत वर्ष अमेरिकाको क्यापिटल हिलमा ट्रम्प समर्थकले आक्रमण गरेका थिए र त्यसपछि भएको हिंसात्मक झडपमा पाँच जनाको मृत्यु भएको छ।
शनिबारको टेक्सासको एक र्औालीमा ट्रम्पले भने,‘यदी मैले चुनावमा जिते भने ६ जनवरीको घटनामा सहभागी मानिसका साथ निष्पक्ष व्यवहार गर्छु। यसका लागि माफीको आवश्यकता हुन्छ।'
६ जनवरी २०२१ मा ट्रम्पका समर्थकले क्यापिटमा प्रवेश गरेर हिंसा र तोडफोडको गरेका थिए।
त्यसक्रममा १ सय भन्दा धेरै प्रहरी अधिकारीहरु घाइते भएका थिए। क्यापिटल हिल हिंसामा ७ सय भन्दा धेरै मानिसलाई गिरफ्तार गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।