काठमाडौं- उत्तर कोरियाले २०१७ पछि गरिएको सबैभन्दा ठूलो क्षेप्यात्र परीक्षणको तस्बिरहरु सार्वजनिक गरेको छ। सरकार नियन्त्रित सञ्चारमाध्यमबाट सार्वजनिक गरिएको तस्बिरहरूले कोरियाली प्रायद्वीप र वरपरका क्षेत्रहरू अन्तरिक्षबाट देखिएका छन्।
उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र मध्यम दूरीको ह्वासोङ–१२ रहेको बताएको छ।
दक्षिण कोरिया र जापानले भने जापानको समुद्रमा खस्नु अघि उक्त क्षेप्यास्त्र २ हजार किलोमिटको उचाइमा पुगेको जनाएका छन्।
दुबै देशले प्रक्षेपणको निन्दा गरेका छन्। यो प्रक्षेपण यस महिनाको सातौं रहेको बीबीसीले जनाएको छ।
उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएद्वारा जारी गरिएका तस्बिरहरू क्षेप्यास्त्र परीक्षण वारहेडमा जडान गरिएको क्यामेराबाट लिइएको बताइएको छ।
दुई तस्बिरहरूले प्रक्षेपणको क्षण देखाउँछन् भने अर्कोले माथिबाट लिइएको मध्य अवस्थाको उडानको क्रममा रहेको मिसाइल देखाउँछ।
जापानी र दक्षिण कोरियाली अधिकारीहरूले क्षेप्यास्त्र ३० मिनेटसम्म ८ सय किलोमिटरको दूरीमा उडेको दाबी गरेका छन्।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालिस्टिक र आणविक हतियार परीक्षण गर्न प्रतिबन्ध लगाउनुका साथै अन्य कडा प्रतिबन्धहरू लगाएको छ। तर पूर्वी एसियाली राज्यले नियमित रूपमा प्रतिबन्धलाई अस्वीकार गर्दछ, र नेता किम जोङ-उनले आफ्नो देशको रक्षालाई बलियो बनाउने वाचा गरेका छन्।
संयुक्त राज्य अमेरिकाका एक वरिष्ठ अधिकारीले उत्तर कोरियालाई पूर्वशर्त बिना आफ्नो आणविक र मिसाइल कार्यक्रमको बारेमा प्रत्यक्ष वार्तामा सामेल हुन आह्वान गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।