काठमाडौं– भारतको कानपुरमा आइतबार राति विद्युतीय सिटी बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। तीव्र गतिमा रहेको बस कारसँग ठोक्किँदा दुर्घटना भएको समाचारमा उल्लेख छ।
बसले तीनवटा कार र केही मोटरसाइकललाई ठक्कर दिएको स्थानीय प्रहरीले जनाएको छ।
दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएको प्रहरीको भनाइ छ। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको समाचारहरमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।