काठमाडौं– विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख ७ हजार ७८९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३७ करोड ५० लाख नाघेको छ।
सो अवधिमा १७ लाख ३८ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् भने ५ हजार ७६४ जनाको मृत्यु भएको छ। पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण बिस्तारै दैनिक संक्रमितको संख्या घट्न थालेको छ। पछिल्लो केही दिनयता भारतमा समेत दैनिक संक्रमित हुनेको संख्या घट्दो छ।
पछिल्लो २४ घण्टामा अमेरिकामा ९६ हजार भन्दाबढी, फ्रान्समा २ लाख ४९ हजार, इटलीमा १ लाख ४ हजार, बेलायतमा ६२ हजार संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा भारतमा १ लाख ७३ हजारभन्दा बढी संक्रमित थपिँदा ८९२ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।