काठमाडौं– आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू :
१. पशुपति र नारायणहिटीको ‘बतास प्रकरण’मा वाहवाही बटुलेका मन्त्री आले क्यासिनोको लाइसेन्स विवादमा मुछिए, एक पैसा खाएको भए कारबाही भोग्न तयार रहेको प्रतिक्रिया । (क्यासिनोको लाइसेन्स विवादमा मन्त्री आले)
२. चीनबाट लसुन तथा भारतबाट धनियाँ र बेसार ल्याएर धानिदै नेपाली भान्सा, वार्षिक करिब २ अर्ब रुपैयाँको आयात, ९० प्रतिशत बेसार र धनियाँमा भारतकै भर । (नेपाली भान्सामा विदेशकै भर)
३. स्थानीय निर्वाचन समयमै हुने चर्चाले सेयर बजारमा उत्साह, एकै दिन १०५ अंकले बढ्यो नेप्से, ६ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार । (सेयर बजारमा उत्साह)
४. उत्तर कोरियाले २०१७ यताकै सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको दाबी, यो महिनामा प्योङ्याङको सातौं क्षेप्यास्त्र, जापान, दक्षिण कोरिया र अमेरिकाद्वारा निन्दा । ( उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण)
५. र, युएस ओपन टेनिस च्याम्पियन इमा राडुकानुलाई पछ्याउने ३५ वर्षीय अमृत मगर बेलायतमा दोषी ठहर, अर्को महिना अदालतले सजाय सुनाउने । (अमृत मगर बेलायतमा दोषी ठहर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।