काठमाडौं- जम्मु–कश्मीरमा भारतीय सेनाका मेजर जनरल प्रशान्त श्रीवास्तवले जैश–ए–मोहम्मदका कमाण्डर जाहिद मन्सुर वानी मारिएको दाबी गरेका छन्। श्रीवास्तवका अनुसार शनिबार राति पुलवामामा सुरु भएको अपरेशनमा वानी मारिएको हुन्।
उनले भने, ‘जाहिद वानी जैश–ए–मोहम्मदका कमाण्डर थिए। जाहिद वानी २०१७ यता कैयौं आक्रमणको मास्टरमाइन्ड थिए। उनी संगठनमा युवकहरूलाई पनि संलग्न गराउन सक्रिय छन्।’
यसअघि, कश्मीर जोन प्रहरीले शनिबार र आइतबार १२ घण्टासम्म चलेको मुठभेडमा ५ चरमपन्थी मारिएको ट्वीट गरेको थियो। जसमा पुलवामामा ४ र बडगाममा एक जनाको मृत्यु भएको छ।
आईजीपी कश्मीर विजय कुमारले भने, ‘पाकिस्तान प्रायोजित आतंकवादी संगठन लश्कर-ए-तैयबा र जैश-ए-मोहम्मदका ५ आतंककारीहरू पछिल्लो १२ घण्टामा दुई मुठभेडहरूमा मारिएका छन्।’
यी मुठभेडहरू पुलवामाको नाइरा क्षेत्रमा र बडगामको चरार-ए-शरीफमा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।