• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्ट अब ओरालो लागेको हो?

कमला गुरुङ सोमबार, माघ १७, २०७८  ०६:३३
1140x725

काठमाडौं - माघ ६ गते एकैदिन १२ हजार ३३८ जना कोरोना संक्रमित भेटिए। त्यसदिन २७ हजार ४९७ जनाको कोरोना परीक्षण भएको थियो।

संक्रमित र कोरोना परीक्षणको यो संख्या नेपालमा कोरोना संक्रमण पुष्टि भएयताकै सबैभन्दा उच्च हो। त्यस दिन कोरोना संक्रमणदर ४४ दशमलव ८ प्रतिशत थियो भने चार जना संक्रमितको मृत्यु भएको थियो। 

आइतबार ३ हजार ५४० जनामा संक्रमण पुष्टि भयो। यो संख्या माघ २ गते पछिको सबभन्दा कम हो। आइतबार १३ हजार १४५ जनाको परीक्षण हुँदा ३ हजार ५४० जनामा संक्रमण भेटिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा माघ १२ गतेदेखि संक्रमितको संख्या घट्न थालेको देखिन्छ। सबैभन्दा बढी संक्रमित भेटिएको दिन (माघ ६) यता १० हजारको आसपासमा घुमेको संक्रमितको संख्या चार दिन यता ओरालो लागेको छ। 

माघ १२ गते ८ हजार ४५४ जना संक्रमित भेटिदा १३ गते ८ हजार १७, १४ गते ६ हजार ८२७ र १५ गते ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको छ। माघ ८ गते ५० दशमलव ८ प्रतिशत पुगेको संक्रमणदर आइतबार २६ दशमलव ९३ प्रतिशतमा झरेको छ। 

यी दिनमा संक्रमितको संख्या मात्र नभई कोरोना परीक्षण गराउनेको संख्यामा पनि कमी आएको छ। माघ १२ गते २० हजार ३५९, १३ गते २१ हजार ८०८, १४ गते १९८६९ र १५ गते १४ हजार ५६२ जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ।  

त्यसो त नेपालमा पुस २१ गतेदेखि कोरोनाको तेस्रो लहर सुरु भएको देखिन्छ। अर्थात् २१ गतेबाट नै कोरोना संक्रमित र संक्रमण दरको संख्या दैनिक उकालो लाग्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। पुस २० गतेसम्म २ सयको आसपासमा रहेको संक्रमितको संख्या २१ गतेबाट दोब्बरले बढ्दै दैनिक रुपमा ह्वात्तै बढेको छ। 

पुस २० गतेदेखि हालसम्म नेपालमा संक्रमण दरको अवस्था :

nimb
nimb
Ncell 2
Ncell 2
पुस जम्मा परीक्षण पोजिटिभ संख्या मृत्यु

संक्रमणदर
(प्रतिशतमा)

२० ९३२९ २६३  ३  २.८२ 
२१  १०२६७  ४३५ ० ४.२४
२२ १२०९९ ५४० १ ४.४६
२३ १४९७१ ९६८  ० ६.४७
२४ १३२६४ ९४४ ०  ७.१२
२५ १२६३२ ११६७ २ ९.२४
२६        ११४२९ १४४६ २ १२.६५
२७  १५०३३ २४४४ १ १६.२६
२८ १३०३६ ३०७५ २ २३.५६
२९ १५०८१ ३५५३ १ २३.५६
३० २०५६० ५०८७ ३ २४.७४
माघ १ १४५५६ ४६३६ ४ ३१.८५
२ १५१३१ ४९७१ ३ ३२.८५
३ १७४६५ ६७३४ ३ ३८.५६
४ २२८२८ १०२५८ १ ४४.९४
५ २३४०९ ११३५२ ४ ४८.४९
६ २७४९७ १२३३८ ४ ४४.८७
७ २३०९२ १०७०३ ३ ४६.३५
८ २०१८७ १०२५४ १६ ५०.८०
९ १७४३७ ६४६२ ४ ३७.०६
१० २१२०१ १०३१९ ४ ४८.६७
११ २५९०९ १२००८ ८ ४६.३५
१२ २०३५९ ८४५४ ५ ४१.५२
१३ २१८०८ ८०१७ १५ ३६.७६
१४ १९८६९ ६८२७ १० ३४.३६
१५ १४५६२ ४९०४ ६  ३३.६८
१६ १३१४५ ३५४०   २६.९३

                                                  स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

पुस २१ गतेदेखि बढ्दै गएको संक्रमितको संख्या माघ १२ गतेदेखि भने केही कम हुन थालेको छ। यसलाई यो ग्राफले पनि देखाउँछ:

स्वास्थ्य मन्त्रालय भन्छ- अझै केही दिनको तथ्यांकले निर्धारण गर्छ  
ओमिक्रोन छिटो फैलिने भएकाले धेरै मानिस संक्रमित भए। दक्षिण अफ्रिका, फ्रान्स, बेलायत लगायत राष्ट्रको अवस्थालाई हेर्दा पनि ओमिक्रोन एकदम छिटो गतिमा उत्कर्षमा पुग्ने र त्यति नै छिटो तल झरेको देखिन्छ। छिमेकी भारतमा पनि हाल कोरोना संक्रमितको संख्यामा विस्तारै कमी आइरहेको छ।

तर अहिले नै कोरोना संक्रमितको संख्या घटेको भनिहाल्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाई छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल संक्रमितको संख्यामा केही कम देखिएपनि घटिहालेको भन्न नमिल्ने बताउँछन्। यद्यपि तुलनात्मक रुपमा हाल मानिसको चहलपहल केही कम भएका कारण संख्या स्थिर रहेको उनको भनाई छ। 

उनी भन्छन्, ‘सवारी साधनमा जोर विजोर प्रणाली लागू हुँदा, विद्यालय बन्द हुँदा तुलनात्मक रुपमा मानिसहरुको मुभमेन्ट केही घट्यो। त्यसैले संक्रमण स्थिर नै रह्यो। यही हप्तामा संक्रमितको संख्या उच्च भएर अर्को हप्ताबाट विस्तारै कम हुने अपेक्षा छ।’

डा पौडेलका अनुसार हाल संक्रमितको संख्या कम देखिनुमा प्रमुख तीन कारण छन्:

एक, ‘संक्रमितहरु घरमै बसे’

दोस्रो, ‘कोरोना परीक्षण कम भए’

तेस्रो, ‘मानिसको चलहपहलमा कमी’

कोरोना परीक्षणको संख्या कम भएकाले पनि संक्रमितको संख्या कम देखिएको बताउँदै उनले भने, ‘परीक्षण जति गर्‍यो संक्रमितको संख्या त्यति देखिने अवस्था छ। यो पटक सामान्य रुघाखोकी भन्दै धेरैले परीक्षण पनि गरेनन्। घर–घरमा संक्रमित बसे। धेरै परीक्षण भएन।’ 

आगामी तीन/चार दिनको तथ्यांकलाई हेरेपछि मात्र संक्रमण घटे/नघटेको भन्न सकिने उनले बताए। अर्को साताबाट संक्रमितको संख्या विस्तारै कम हुने उनको अपेक्षा छ। तर, जनस्वास्थ्यका मापदण्ड पालनाको अवस्था, मानिसको चहलपहल र नयाँ भेरियन्टले यसको निर्धारण गर्ने उनले बताए।

उनले भने, ‘अझै केही दिन हेरौँ। दर घट्दो देखिएको छ। अब हाम्रो हातमा छ। जनस्वास्थ्यका मापदण्ड पालना गर्नेदेखि मानिसको चलहपहल, आवतजावतले मुख्य गरी यसको निर्धारण गर्छ।’

डा पुनले प्रक्षेपण गरेका थिए- चार/पाँच हप्तापछि उत्कर्षमा पुगेर कम हुँदै जाने
सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले नेपालमा ओमिक्रोन भेरियन्ट बढ्न थालेको चार/पाँच हप्तापछि कम हुँदै जाने प्रक्षेपण गरेका थिए। 

पुस ३० गतेको कुराकानीमा पुनले भनेका थिए, ‘चार/पाँच हप्ताको अवधिमा यो उत्कर्षमा पुग्ने र त्यसपछि कम हुँदै जाने देखिन्छ।’

उनले यसलाई संक्रमितको तेस्रो लहर भनेका थिए। किनभने अस्पतालमा भर्ना हुने गम्भीर खालका बिरामीको संख्यालाई नियाल्नुपर्नेमा जोड दिएका थिए। संक्रमितको संख्या अब विस्तारै घट्न थाल्ने उनको अनुमान छ। 

उनले भने, ‘गएको हप्ता र त्यो भन्दा अघि भाइरसको चर्चा भएको बेला शुक्रराज अस्पतालमा बिरामीहरु ह्वात्तै आएका थिए। तर, अहिले हामीले केही सहज महसुस गरिरहेका छौँ। बिरामीको चाप पनि केही कम छ। यो कोभिड अस्पताल भएकाले यसले ऐनाको रुपमा पनि काम गर्छ।’

कोरोना संक्रमण अझै पनि समुदायमा रहेको उनको अनुमान छ। अधिकांश संक्रमितहरु हाल घर–घरमै रहेकाले परीक्षणका लागि नआउने गरेको उनले बताए। 

भारत लगायत दक्षिण अफ्रिकाका देशमा यसको प्रकृति हेर्दा पनि ह्वात्तै बढेर घटेको देखिन्छ। उनले भने, ‘धेरैजना संक्रमितहरु घरमै बसेका छन्। परीक्षणमा आएका छैनन्। त्यसैले पनि कम देखिएको हुन सक्छ।’

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  ०६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
संघीय संसद्का दुईवटा समितिको बैठक बस्दैछ
कालीमाटीमा पार्सलेको थोक मूल्य १४ सय ५०, सिताके च्याउ ९ सय रुपैयाँ
जीतपुर बालिका हत्या प्रकरणः ५ बुँदे सहमतिपछि आन्दोलन स्थगित
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
संघीय संसद्का दुईवटा समितिको बैठक बस्दैछ शुक्रबार, भदौ ५, २०८३
कालीमाटीमा पार्सलेको थोक मूल्य १४ सय ५०, सिताके च्याउ ९ सय रुपैयाँ शुक्रबार, भदौ ५, २०८३
जीतपुर बालिका हत्या प्रकरणः ५ बुँदे सहमतिपछि आन्दोलन स्थगित शुक्रबार, भदौ ५, २०८३
कर्णाली नदीमा बगेर दुई बालबालिका बेपत्ता शुक्रबार, भदौ ५, २०८३
रास्वपाको केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि संगठन विस्तारसम्म छलफल शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
चेक वाउन्सको मुद्दामा जनता टेलिभिजनका अध्यक्ष विजय पाैडेल टेलिभिजन कार्यालयबाटै पक्राउ बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्