काठमाडौं- अफगानिस्तानको तालिनवान सरकारले न्यूजिल्याण्डकी एक गर्भवती पत्रकारलाई आफ्नो देशमा शरण दिएको छ। चार्लोट बेलिस नाम गरेकी पत्रकारले आफ्नो देश फर्किन अस्वीकार गरेपछि तालिवान शासन अन्तर्गत शरण दिइएको हो।
न्युजिल्याण्डकी बेलिस कतारमा बस्दै गर्दा गर्भवती भएकी थिइन्। तर, कतारमा अविवाहित महिला गर्भवती हुनु गैरकानुनी मानिन्छ। त्यसैले उनी स्वदेश फिर्ता हुन चाहेकी थिइन्।
तर, कोरोना महामारीमा कडा नियमका कारण उनलाई आफ्नो देश न्यूजिल्याण्ड फिर्ता हुन दिइएको थिएन। बेलिसले पहिले अफगानिस्तानमा काम गरेकी थिइन् र अफगानिस्तानको भिसा पनि लिएकी थिइन्। उनले आफूले अफगानिस्तानमा सुरक्षित रूपमा बच्चा जन्माउन सक्ने तालिवानका वरिष्ठ नेताहरुबाट आश्वासन पाएको बताइन्।
बेलिसले भनिन्,‘अफगानिस्तानको तालिवान सरकारका एक नेतालाई मैले सुरक्षित रूपमा शरण दिन सक्नुहुन्छ भनेर सोधेको थिए। यसबारे उहाँले म फर्किए खुसी हुने बताउनुभयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।