मेक्सिको सिटी- मेक्सिकोको जालिस्को राज्यमा शनिबार एउटा यात्रुवाहक भ्यान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा ११ जना घाइते भएका छन्।
जलिस्को सिभिल प्रोटेक्सन एण्ड फायर डिपार्टमेन्टले ट्विटरमा जनाएअनुसार लागोस डे मोरेनोको नगरपालिकाको लियोन-अगुआस्कालिएन्टेस राजमार्गको ३५ किलोमिटरमा पल्टिएको उक्त गाडीले पर्यटककर्मीहरू ओसारपसार गरिरहेको थियो।
राज्यको नागरिक सुरक्षा विभागका क्षेत्रीय कमाण्डर नेफ्ताली गुइलेनले दुर्घटनामा आठ पुरुष र चार महिलाको मृत्यु भएको र तीमध्ये दुई नाबालिग रहेको बताएका छन्।
विभागले जारी गरेको भिडियोमा गुइलेनले दुर्घटनाले राजमार्गको कुनै पनि खण्ड बन्द भने गरिएको छैन तर दुर्घटनाको अनुसन्धान पूरा नभएसम्म उक्त क्षेत्रमा सवारी साधन चलाउँदा अत्यधिक सावधानी अपनाउन सुझाव दिएका छन्।
यहाँ गत वर्ष ट्राफिक दुर्घटनाका कारण एक हजार १५ जनाको मृत्यु थियो। यो क्षेत्र मेक्सिकोमा अत्यधिक ट्राफिक मृत्यु हुनेमध्ये तेस्रो स्थानमा पर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।