प्योङयाङ- उत्तर कोरियाले आइतबार जापानी सागरतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले जनाएको छ।
योनहापले दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) लाई उद्धृत गर्दै पूर्वी सागर (जापान सागर) तर्फ क्षेप्यास्त्र प्रक्षेपण गरिएको उल्लेख गरेको छ। यसबारे थप विवरण भने दिइएको छैन।
यसैबीच, जापानी तटरक्षकले आइतबार बिहान उत्तर कोरियाले सम्भावित मिसाइल प्रक्षेपण गर्नसक्ने चेतावनी दिँदै जहाजहरूलाई सावधानी अपनाउन सल्लाह दिएको छ।
यदि, प्रक्षेपण आधिकारिक रूपमा पुष्टि भयो भने यो प्योङयाङद्वारा यो वर्ष गरिएको सातौं परीक्षण हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।