काठमाडौं– साताको पहिलो दिन आइतबार सुन तथा चाँदीको भाउ घटेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय तथा चाँदी तोलामा १५ रुपैयाँले घटेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आइतबार छापावाल सुन ९२ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।
यसैगरी, आज तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ७ सय रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ। यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ तथा तेजावी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी १२ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला १२ रुपैयाँ ६५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।