काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक २५ अंक बढेको छ।
गत बिहीबार ३.३३ अंक बढेर २७७९.९८ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा २५.०३ अंक बढेर २८०५.०१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ४.३८ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा ४६ कम्पनीको १ करोड ५६ लाख ४८ हजार ९४८ रुपैयाँ १० पैसा बराबरको २९ हजार १४१ कित्ता सेयर खरिदबिक्री भएको छ।
कारोबारमा आएकामध्ये ४४ कम्पनीको सेयरमूल्य बढेको छ। सो सेसनमा एउटा कम्पनीको सेयरमूल्य घटेको छ भने एउटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।