काठमाडौं– लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको वार्षिक साधारण सभा फागुन ११ गते हुने भएको छ। कम्पनीको सभाले आर्थिक वर्ष २०७६–७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको २१.०५% लाभांश पारित गर्नेछ।
साथै, सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवासम्बन्धी प्रस्तावसमेत पारित गर्नेछ। प्रस्तावित बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डासमेत रहेको छ।
साथै, १०% संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव पनि रहेको छ। सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।