• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

एपीएफलाई पहिलोपटक आहा रारा गोल्डकपको उपाधि

64x64
नेपाल लाइभ शनिबार, माघ १५, २०७८  १६:५८
1140x725

काठमाडौं- आहा रारा गोल्डकपको २०औं संस्करणको उपाधि सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लवले जितेको छ। 

शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा पेनाल्टीमार्फत् मनाङ मर्स्याड्दी क्लवलाई ५-४ गोलले पराजित गर्दै एपीएफले उपाधि जितेको हो।

निर्धारित ९० मिनेट र थप ३० मिनेटको खेलमा दुवै टोलीले दुई-दुई गोलको बराबरी खेलेपछि पेनाल्टी सुटआउटबाट विजेता छनोट गरिएको हो।

आहा रारामा १४ वर्षपछि फाइनलमा स्थान बनाएको एपीएफले च्याम्पियन बन्दै १० लाख एक हजार रुपैयाँ पुरस्कार र ट्रफी हात पार्न सफल हुँदा उपविजेता मनाङले पाँच लाख एक हजार रुपैयाँमा चित्त बुझाउन बाध्य बन्यो। हालसम्म उपाधि जित्न नसकेको विभागीय टोली एपीएफले उपाधि उचालेसँगै आहा राराले नयाँ च्याम्पियन पाएको छ।

खेलको निर्धारित र अतिरिक्त ३० मिनेटको खेल दुई गोलको बराबरीमा सकिएपछि टाइब्रेकरबाट खेलको निर्णय गरिएकामा एपीएफ टाइब्रेकरमा भाग्यमानी भयो। एपीएफको जितमा गोलकिपर युया कोरियामा नायक बने। पेनाल्टी सुटआउटमा मनाङका ओलावाले अफिजको प्रहारलाई रोक्दै कोरियामाले एपीएफलाई पहिलोपटक च्याम्पियन बनाउँदै ऐतिहासिक सफलता दिलाए।

Ncell 2
Ncell 2
nimb
nimb

टाइब्रेकरमा एपीएफका नवीन लामा, सनिष श्रेष्ठ, रवि थिङ, मणि लामा र अर्मान्ड बिडोमले गोल गर्न सफल भए। मनाङका फ्रेङलिन, दयानन्द सिंह, शिव गुरुङ र रुपेश केसीले मात्र गोल गरे। खेलको २१औँ मिनेटमा एपीएफका युवराज खड्काले गोल गर्दै अग्रता बनाएका थिए। पहिलो हाफमा १-० ले पछि परेको मनाङले दोस्रो हाफमा खेलको ६७औँ मिनेटमा दयानन्द सिंहको गोलमार्फत खेल बराबरीमा ल्याउन सफल भयो।

खेलको ८४औँ मिनेटमा फ्रेङलिनको गोलमार्फत् मनाङले अग्रता बनाएर विजय नजिक पुगेको अवस्थामा पाँच मिनेटको इन्ज्यूरी समयको पहिलो मिनेटमा एपीएफका रवि थिङले गोल गर्दै खेललाई अतिरिक्त समयमा लैजान सफल भएका थिए। अतिरिक्त समयमा दुवै टोलीबाट कुनै पनि गोल हुनसकेको थिएन।

‘क्याराभान गोल्डकप’ सहित १२औँ पटक फाइनल खेलेको मनाङलाई दुईपटक मात्र फाइनल पुगेको एपीएफले स्तब्ध बनाउँदै उपाधि जित्न सफल भएको हो। एपीएफ १४ वर्षपछि दोस्रोपटक फाइनल पुगेको हो। २०६४ मा छैटौँ संस्करणमा पहिलोपटक फाइनल पुगेको एपीएफ नेपाल पुलिस क्लबसँग २-० ले पराजित भएको थियो।

Xtrem
Xtrem

मनाङले भने २०६० को दोस्रो, २०६१ मा तेस्रो, २०६८ को दशौँ, २०७२ मा चौधौँ, २०७३ को पन्धौँ र २०७६ को १८औँ संस्करणको उपाधि जितेको थियो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि एपीएफका डिफेण्डर राजन गुरुङले प्राप्त गरे। उनले पुरस्कारबापत एक थान स्कुटर हात पारे।

यसैगरी उत्कृष्ट गोलकिपर एपीएफका युया कोरियाम, डिफेण्डर एपीएफका राजन गुरुङ, मिडफिल्डर एपीएफकै रवि थिङ, फरवार्ड मनाङका ओलावाले अफिज, उत्कृष्ट प्रशिक्षक एपीएफका कुमार थापा, सर्वाधिक गोलकर्ता एपीएफका रवि थिङ घोषित हुँदै जनही २५-२५ हजार रुपैयाँका दरले पुरस्कार पाए। प्रतियोगितामा नेपालका ए डिभिजनका आठ क्लब, विदेशी एक र आयोजक सहारा गरी १० टोलीले सहभागिता जनाएका थिए।

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  १६:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी
सम्बन्धित सामग्री
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि पहिलोपटक मैदानमा उत्रिएको अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको... बिहीबार, असोज १५, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ बिहीबार, असोज १५, २०८३
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्