काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीले आज अफ्रिकी राष्ट्र मरिससविरूद्ध पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पहिलोपटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो। नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार खेल्नेछ।
नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मरिससविरुद्ध खेलका लागि किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ को घोषणा गरेका छन्।
नेपालको सुरुआती-११:
गोलकिपर - किरण लिम्बू
डिफेन्डर - गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल
मिडफिल्डर - सुरज ज्यु ठकुरी, सुमन लामा, तेज तामाङ
फरवार्ड - अन्जन विष्ट, विमल घर्ति मगर, सुनिल बल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।