काठमाडौं- चिनियाँ अधिकारीहरुले अमेरिकलाई ताइवानसँग कुनै आधिकारिक कुराकानी नगर्न आग्रह गरेका छन्।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र ताइवानका उपराष्ट्रपति लाइ चिंग तेबीच होन्डुरसकोका राष्ट्रपति शिमोरा कास्त्रोको समारोहमा भेटभएको थियो।
मिडिया रिपोर्टहरुका अनुसार अमेरिकी उपराष्ट्रपति र ताइवानका नेता लाइका बीच एक मिनेट भन्दा कम समयमा संक्षिप्त कुराकानी भएको थियो। त्यस क्रममा उनीहरुले साझा हित र अवैध आप्रवासन रोक्नका लागि व्हाइट हाउसको रणनीतिबारे कुराकानी गरेका जनाइएको छ।
कमला ह्यारिसले त्यसक्रममा चीनलाई लिएर कुनै कुरा नभएको बताएकी थिइन भने ताइवानका अधिकारीलाई उदृत गर्दै समाचारहरुमा ‘चट्टानभन्दा दृढ’ समर्थनका लागि अमेरिकालाई धन्यवाद भनिएको उल्लेख गरिएको थियो।
चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सको एक समाचार अनुसार ताइवानका केही सञ्चारमाध्यमले ३० सेकेण्डको कुराकानीलाई राजनीतिक सफलताको रुपमा व्याख्या गरेका छन्।
ग्लोबल टाइम्सका अनुसार, यस बारेमा जब चीनका विदेश मन्त्रालयका प्रवक्ता सँग प्रश्न गरियो तब उनले जवाफ दिए -ताइवान चीनको एक प्रान्त हो र यस्तोमा कोही कसरी उपराष्ट्रपति हुन्छ?
चीनले सधैं ताइवान र अमेरिकाबीच कुनै पनि आधिकारिक कुराकानीको विरोध गर्ने उनले बताए। अमेरिकी उपराष्ट्रपतिले ताइवानका नेतासँग भेट गरेपछि चीन रिसाएको बीबीसीको समाचारमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।