काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनलाई अमेरिकाले रुसको सुरक्षा चिन्तालाई बेवास्ता गरेको बताएका छन्। युक्रेनमा रुसले आक्रमण गर्ने आशंका गरिएको बेला उनको यो भनाइ आएको हो।
रुसले युक्रेनलाई उत्तरी एट्लान्टिक सन्धि सङ्गठन (नेटो)मा समावेश नगर्न अमेरिकासँग माग गरेको थियो। रुसको यो महत्वपूर्ण मागलाई अमेरिकाले अस्वीकार गरेको छ। तर , अमेरिकाले रुसलाई ‘कूटनीतिक मार्ग’ अपनाउन आग्रह गरेको छ।
अमेरिकी राष्ट्रपति जो वाइडेनले अर्को महिना रुसले युक्रेनमा आक्रमण गर्ने प्रबल सम्भावना रहेको चेतावनी दिएका छन्। रुसले बारम्बार यस चेतावनीको खण्डन गर्दै आएको छ।
तर, शुक्रबार पुटिनले फ्रान्सेली राष्ट्रपति म्याक्रोनलाई भने,‘गतिरोध अझै सुल्झिएको छैन।’ अमेरिका र नाटोले आफ्नो चिन्तामा ध्यान दिन रुसीले गरेको मागलाई अमेरिकाले अस्वीकार गरेपछि पुटिनको पहिलो भनाइ आएको हो।
पुटिनले म्याक्रोनलाई भने, ‘अब अमेरिकाको प्रस्तावलाई नजिकबाट अध्ययन गर्नेछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।