काठमाडौं- रुसले अर्को महिना युक्रेनमा आक्रमण गर्न सक्ने अमेरिकाले चेतावनी दिएको छ।अमेरिकी राष्ट्रपति जो वाइडेनले अर्को महिना युक्रेनमा आक्रमण हुनसक्ने बताएका हुन्।
युक्रेनी सीमामा करिब १ लाख रुसी सेना तैनाथ गर्दा युक्रेनमा रुसी आक्रमणको डर बढेको छ। तर, रुसले युक्रेनमाथि आक्रमण गर्ने योजना नरहेको बारम्बार बताउँदै आएको छ।
तर, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको टेलिफोन वार्ताका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनले रुसी आक्रमणको सम्भावनाबारे यस्तो टिप्पणी गरेका हुन्।
ह्वाइट हाउसकी प्रवक्ता एमिली हर्नले भनिन्, ‘राष्ट्रपतिले फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गर्ने प्रबल सम्भावना रहेको बताउनुभएको छ।उनीहरूले यो सार्वजनिक रूपमा भनेका छन् र हामीले धेरै महिनादेखि यसबारे चेतावनी दिइरहेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।