काठमाडौं- ब्रह्मोस एयरोस्पेस प्राइभेट लिमिटेड (बीएपीएल) र फिलिपिन्सबीच ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलका लागि ३७५ मिलियन डलरको सम्झौता भएको छ।
बीएपीएल र फिलिपिन्सको रक्षा विभागबीच शुक्रबार सम्झौता भएको हो। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार बीएपीएलले पहिलोपटक ब्रह्मोस मिसाइल बिक्री गरेको हो।
फिलिपिन्सका रक्षामन्त्री डेल्फिन लोरेन्जानाले ३१ डिसेम्बरमा बीएपीएलसँग मिसाइल किन्न लागकाे जानकारी दिएका थिए।
ब्रह्मोसमा के छ विशेष ?
ब्रह्मोस मिसाइललाई विश्वको सबैभन्दा छिटो सुपरसोनिक मिसाइल मानिन्छ। यो भारत र रुसको संयुक्त लगानीमा तयार भएको हो। यसलाई पानी, जमिन र हावाबाट प्रहार गर्न सकिन्छ। यो क्षमतालाई ट्रायड भनिन्छ।
ट्रायडको भरपर्दो क्षमता भारतभन्दा अगाडि अमेरिका, रुस र फ्रान्ससँग मात्रै रहेको छ।यस मिसाइलको गति म्याच २.८ (आवाजको गति बराबर) छ। यो मिसाइलको दायरा २९० किलोमिटर छ र यसले ३०० किलोग्राम भारी युद्ध सामग्री बोक्न सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।