• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

पशुपति र नारायणहिटीको ‘बतास प्रकरण’मा वाहवाही बटुलेका मन्त्री आले किन मुछिए क्यासिनोको लाइसेन्स विवादमा?

भन्छन्– एक पैसा खाएको भए कारबाही भोग्न तयार छु 
64x64
नेपाल लाइभ आइतबार, माघ १६, २०७८  १३:२७
1140x725

काठमाडौं– पहिलोपटक मन्त्री (वन तथा वातारण) हुँदा ‘जिब्रो चिप्लिएर’ विवादमा परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले पशुपति धर्मशाला र नारायणहिटी दरबार संग्रालयमा वतास समूहको ठेक्का सेटिङ भत्काउन अग्रसरता लिएसँगै चर्चामा आए।

धार्मिक र पुरातात्विक महत्त्वका क्षेत्र कौडीको भाउमा भाडामा दिने कार्य भइरहेको खुलासा सुरुमा नेपाल लाइभले गरेको थियो। पछि यस्तो निर्णयको आमरुपमा समेत विरोध चुलिएको थियो। विरोध चुलिएपछि आलेले ‘एक्सन’ लिए।

उनले बतास समूहसँगको ठेक्का छानबिनपछि गलत भएको ठहर गर्दै ठेक्का समेत तोडाउने कार्य गरे। पशुपति धर्मशालाको ठेक्का तोडियो भने नारायणहिटीको ठेक्का छिट्टै तोडिने तयारीमा रहेको छ। 

आलेले आफ्नो कार्यकालमा गरेको अर्को काम थियो, बक्यौता रहेका क्यासिनोसँग पैसा उठाउन गरेको तत्परता। उनले एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाएर १३ करोड राजश्व असुल गराए। 

क्यासिनो सञ्चालन गरेबापत सरकारलाई राजश्व नतिरी अमेरिका जान लागेका बेला रोकेर रकम उठाउन आलेले निर्देशन दिएका थिए। 

बोल्सोभरले ओसीपी एसियाको लगानीमा काठमाडौंको लाजिम्पाटस्थित सांग्रिला होटल र भैरहवास्थित टाइगर प्यालेसमा सञ्चालित दुई क्यासिनोको राजश्व तिरेका थिएनन्। बोल्सोभरले सञ्चालन गरेका दुई क्यासिनोले प्रतिक्यासिनो ६ करोड ५० लाखका दरले १३ करोड बक्यौता तिर्न बाँकी थियो। पुस मसान्तभित्र रकम दाखिला गर्नुपर्नेमा उनी अटेर गरी भाग्न लागेका थिए। 

आफ्नो निर्देशनपछि सञ्चालनमा रहेका आठ क्यासिनो कम्पनीले कम्तीमा पनि ४० करोड रुपैयाँ सरकारको खातामा राजश्व दाखिला गरेको मन्त्री आलेको दाबी छ। उनले यसबीचमा ५५ करोड रकम राज्यकोषमा ल्याउन सफल भएको दाबी गरेका छन्। 

धमाधम किन क्यासिनोको लाइसेन्स बाँड्दैछन् मन्त्री आले?
प्रशंसा बटुलिरहेका मन्त्री आले केही दिनयता भने विवादमा परेका छन्। क्यासिनोको लाइसेन्स धमाधम वितरण थालेपछि उनी विवादमा तानिएका छन्। उनले क्यासिनोको लाइसेन्स जुन गतिमा वितरण गरिरहेका छन्, त्यसले शंका उब्जाएको यस क्षेत्रका जानकारहरु बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

चिनियाँ लगानीदेखि सम्पत्ति शुद्धीकरणको मुद्दा लागेका गुन्डानाइके बलराम सापकोटा ‘बले’ले सञ्चालन गर्न लागेको क्यासिनोलाई समेत लाइसेन्स दिएपछि मन्त्रीको गतिविधिमा प्रश्न उठाइएका छन्। आले अघिका पर्यटन मन्त्रीहरुले अध्ययनबिना लाइसेन्स दिन नहुने भनि थन्काएका फाइलहरु पनि उनले धमाधम खोलेर अनुमति दिन थालेका छन्। 

कात्तिक २ देखि माघ १३ सम्म उनले पाँच वटा क्यासिनोलाई अनुमति दिएको पर्यटन मन्त्रालय स्रोतले जनाएको छ। मन्त्रालयका एक अधिकारीका अनुसार विगतमा यी क्यासिनोहरुलाई अनुमति दिनेबारे अध्ययन हुनुपर्ने भनि रोकिएका थिए। तर, मन्त्री आले आएपछि धमाधम स्वीकृति पाउन थालेका हुन्। 

यससँगै क्यासिनोको संख्या २२ पुगेको छ। स्थानीय निर्वाचन हुने सम्भावित मिति नजिकिँदै गएका बेला र यही वर्ष संसदीय निर्वाचनसमेत हुने अवधि आउनलागेका बेला मन्त्रीको कार्यशैलीले आर्थिक लाभको आशंका गरिएको छ। मन्त्रालय स्रोतले पनि आर्थिक चलखेलकै कारण एकपछि अर्को क्यासिनोले अनुमति पाइरहेको दाबी गरेको छ। 

यी हुन् अनुमति पाएका क्यासिनो :

Xtrem

Xtrem
  • कात्तिक २ गते: मेची क्राउन प्लाजामा ‘भेगास रिक्रियसन नेपाल’ क्यासिनो सञ्चालनको अनुमति 
  • कात्तिक ९ गते: बेलिज इन्टरनेसनल प्रालिलाई पनि क्यासिनो सञ्चालनको अनुमति
  • पुस १६ गते: कल्पत्रु होटल नेपालगञ्जमा क्यासिनो सञ्चालनका लागि भन्दै ओम इन्टरटेनमेन्ट प्रालिलाई क्यासिनो सञ्चालनको अनुमति 
  • पुस १४ गते: सेपियर इन्टरटेनमेन्ट टेक्नोलोजी प्रालिलाई क्यासिनो सञ्चालनको अनुमति 
  • माघ ५ गते: चिनियाँ लगानी भएको क्यासिनोलाई पाँचतारे होटल अलफ्टमा क्यासिनो सञ्चालन गर्नका लागि पूर्वस्वीकृति 
  • माघ १३ गते: काठमाडौंको होटल अलफ्टमा क्यासिनो सञ्चालनका लागि वाल्डो डाइनाष्टि इन्टरटेनमेन्ट प्रालिलाई अनुमति

मन्त्री आलेको दाबी : एक पैसा खाएको भए जे पनि कारबाही भोग्न तयार छु 
क्यासिनोको लाइसेन्स वितरणमा विवादमा तानिएपछि हामीले मन्त्री आलेसँग सम्पर्क गर्‍यौं। उनले आफूले कसैबाट एक पैसा पनि नखाएर नियमानुसार अनुमति दिएको दाबी गरे। आलेले कुनै पनि क्यासिनोसँग एक पैसा खाएको पुष्टि भएमा आफू जे कारबाही पनि भोग्न तयार बताए। 

उनले आफू मन्त्री भएपछि क्यासिनो चलाएर कर नर्तिनेहरुलाई रातारात कारबाही गर्ने चेतावनी दिएर राज्यकोषमा ५० करोड रकम जम्मा गर्न सफल भएको दाबी गरे। 

‘विगतमा कुनै मन्त्रीले गरेनन्। म मन्त्री भएपछि क्यासिनोले कत्ति पनि कर नतिरेको अवस्थामा पर्यटन विभागका प्रमुखलाई बोलाएर पुस मसान्तसम्म नबुझाए कारबाही थाल्नुस् भनेँ’, उनले भने, ‘त्यसपछि ४० करोड कर क्यासिनो सञ्चालकहरुले बुझाएका छन्। एउटा कम्पनीको मालिक १३ करोड नतिरेर अमेरिका भाग्न खोजेका थिए। मैले विमानस्थलबाटै फर्काएर तिराएको हो।’ 

उनले पछिल्लो समयमा प्रक्रिया पुगेर मन्त्रालयमा आएका क्यासिनोहरुको अनुमति दिएको स्वीकार गरे। ‘मैले लाइसेन्स दिएको कुरा सत्य हो। तर, त्यसमा एक इन्च पनि तलमाथि गरेको छैन’ मन्त्री आलेले भने, ‘पर्यटन मन्त्रालयको काम नै लाइसेन्स दिने हो। प्रक्रिया पूरा गरेर आएकालाई दिएका छौं। मन्त्रालयमा धेरै छलफल भएर सबै प्रक्रिया पूरा भएकाहरुलाई दिएको हो।’

आलेले देशमा पर्यटन विकासका लागि क्यासिनो आवश्यक रहेको तर्क गरे। ‘नेपालीले खेल्ने हैन। विदेशी आएर खेल्छन् भने दिनुपर्छ। यसले नेपालको पर्यटन विकास हुन्छ’, मन्त्री आलेले भने।  

अहिले विश्वभर कोरोनाको महामारी छ। कसरी पर्यटक आउँछन्? भन्ने प्रश्नमा उनले अहिले पूर्वाधार निर्माण गरेपछि कोरोना हटेसँगै पर्यटक आउने दाबी गरे। 

‘नेपालको पर्यटन विकास गर्ने कुरामा मन्त्रालयले सहयोग गर्ने हो। बाधक हुने होइन’, आलेले भने, ‘मैले कमिशन वा अन्य कुनै पैसा लिएर यो गरेको छैन। म मन्त्री भएपछि करिब ५५ करोड राजश्व उठाएको छु।’ 

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  १३:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैया... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ बुधबार, असोज २१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बुधबार, असोज २१, २०८३
मेसीलाई ब्युनस आयर्स विश्वविद्यालयको मानार्थ विद्यावारिधि बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्