काठमाडौं– न्याय सेवा आयोगको बैठकले सात जना उपसचिवलाई सहसचिव र १६ जना अधिकृतलाई उपसचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
विवादमा परेपछि पहिलोपटक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले शुक्रबार आयोगको बैठक बोलाएका थिए। बैठकमा आयोगका सदस्य एवं लोक सेवा आयोका अध्यक्ष माधव प्रसाद रेग्मी र प्रधानन्यायाधीश राणा मात्र सहभागी थिए।
सदस्यहरू वरिष्ठ न्यायाधीश दीपककुमार कार्की र महान्यायाधिवक्ता खम्बबहादुर खातीले पछि हस्ताक्षर गरेका थिए। कानुनमन्त्री दिलेन्द्र प्रसाद बडू भने कोरोना संक्रमणका कारण आइसोलेसनमा रहेकाले बैठकमा सहभागी भएनन्।
बैठकले न्याय समूहतर्फ सहसचिवमा भुवन गिरी, जगदीशप्रसाद भट्ट, सरकारी वकिल समूहमा हिमालयकुमार त्रिताल, यदुनाथ शर्मा, कोषहरि निरौला र कृष्णराज पन्त त्यस्तै कानुन समूहतर्फ शम्भुराज रेग्मीलाई बढुवा गर्ने निर्णय गरेको हो।
उपसचिवमा न्याय समूह हरिप्रसाद रेग्मी, सदन अधिकारी, निरज पोखरेल र कृष्णप्रसाद अधिकारी, कानुन समूहबाट उत्तमप्रसाद खरेल, सरकारी वकिल समूहबाट उत्तम श्रेष्ठ, जनकप्रसाद घिमिरे र धर्मराज जोशीलाई उपसचिव बढुवा गर्ने निर्णय गरेको छ।
यस्तै, न्याय समूहबाट भेषराज पौडेल, चेतराज पन्त, भेषराज कोइराला र विमल रेग्मीको बढुवा गर्ने निर्णय भएको छ। त्यस्तै, कानुन समूहबाट खिमानन्द ज्ञवाली, सरकारी वकिलबाट टेकराज अधिकारी, बद्रीकुमार कार्की र सन्तोषराज कटुवालको बढुवामा परेका छन्।
आयोगको बैठकले १९ जना सहसचिव र उपसचिवको विभिन्न सरकारी निकायमा पदस्थापना गर्ने निर्णय पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।