काठमाडौं- क्लासिक टेकले आफ्नो सेवा रिफर गर्ने ग्राहकलाई चार महिनासम्म बोनस सुविधा दिने भएको छ।
कम्पनीले रिफर गर्ने ग्राहकलाई प्रोत्साहन गर्न यो सुविधा ल्याएको हो। चार महिने बोनसमा दुई महिना इन्टरनेट र दुई महिना आईपीटीभी सेवा रहने कम्पनीले जानकारी दिएको छ।
क्लास्सिक टेकले विभिन्न इन्टरनेट प्याकेज १५० एमबीपीएस, २२५ एमबीपीएस, ३२५ एमबीपीएस, ६२५ एमबीपीएस, र १००० एमबीपीएससम्म रहेका छन्। १५० एमबीपीएसको प्रतिमहिना एक हजार १९९ रुपैयाँमा लिन सकिने कम्पनीले जनाएको छ।
कम्पनीले नयाँ ग्राहकलाई पनि न्यून मुल्यमा उच्च ब्याण्डविथको इन्टरनेट र ५ गिगाहर्ज राउटरसहित आईपीटीभी उपलब्ध गराउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।