काठमाडौं– सामाजिक सञ्जाल (फेसबूक)मा साथी बनाएकी महिलाको नग्न तस्बिर र भिडियो देखाएर ब्ल्याकमेल गर्ने गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
प्रहरीको साइबर ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका–७ सिस्नेरी घर भएका ३१ वर्षीय मुक्ति खनाल भनिने मुक्तिनाथ खनाल छन्।
प्रहरीका अनुसार खनालले वैदेशिक रोजगारीमा रहँदा फेसबूकमार्फत् महिलालाई फ्रेण्ड रिक्वेस्ट पठाइ रिक्वेस्ट स्वीकार भएपछि म्यासेन्जरमा कुराकानी गरी ललाइफकाइ, प्रलोभनमा पारेर नग्न तस्बिर र भिडिओ माग्ने गरेका थिए।
पछि तिनै नग्न तस्बिर र भिडिओ श्रीमान् र अन्य आफन्तलाई पठाइदिने भन्दै उनले महिलालाई ब्ल्याकमेल गर्न गरेका थिए।
पीडित महिलाको जाहेरीपछि प्रहरीको साइबर ब्यूरोले खनाललाई वैदेशिक रोजगारीबाट फर्किने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
पक्राउ परेका खनालमाथि थप अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।