काठमाडौं– इरान कतारमा हुने विश्वकप २०२२ फुटबलका लागि एसियाली राष्ट्रबाट छनोट हुने पहिलो टोली बनेको छ। इरान इराकलाई १–० ले पराजित गर्दै यसै वर्ष कतारमा हुने विश्वकपमा छनोट भएको हो।
इरान विश्वकपमा छनोट भएको यो लगातार तेस्रोपटक हो । यसअघि इरान ब्राजिल विश्वकप २०१४ र रसिया विश्वकप २०१८ मा छनोट भएको थियो।
इरानको जितमा मेहदी तारेमीको पहिलो हाफमै गरेको गोल निर्णायक बन्यो। उनले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गरेका थिए।
आजदी स्टेडियममा जित हात पार्दै इरान एसियाली छनोटको समूह ‘ए’ को शीर्ष स्थानमा रह्यो। इरानले ७ खेलबाट १९ अंक जोडेको थियो।यस्तै एसियाली छनोटअन्तर्गत लेवनानलाई १–० ले पराजित गर्दै दक्षिण कोरिया विश्वकप
छनोटको नजिक पुगेको छ। दक्षिण कोरियाको ७ खेलबाटै १७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।