काठमाडौं– फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले चिलीलाई पराजित गरेको छ। शुक्रबार बिहान चिलीमा सम्पन्न खेलमा अर्जेन्टिना २–१ गोलले बिजयी बनेको हो। अर्जेन्टिनाको जितमा एन्जल डि मारिया र लाउटारो मार्टिनेजले गोल गरे। घरेलु टोलीका विन वेरेन्टेनले एक गोल फर्काए। खेलका सबै गोल पहिलो हाफमा नै भएको थियो।
खेलको १०औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । उनले रोड्रिगो डि पउलको पासमा गोल गरेका थिए। खेलको २१औं मिनेटमा बेन बेरेन्टेनले बराबरी गोल फर्काएका थिए।
खेलको ३४औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २–१ ले अघि बढाए। दोस्रो हाफमा घरेलु टोली चिलीले अर्जेन्टिनामाथि दवाव सिर्जना गरेपनि थप गोल गर्न सकेन। पाहुना टोलीले आफ्नो अग्रता जोगाउँदै विश्वकप छनोटमा नवौं जित निकाल्न सफल भयो।
जितसँगै दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको १४ खेलबाट ३२ अंक पुगेको छ। अर्जेन्टिनाले कतार विश्वकपमा स्थान पक्का गरिसकेको छ।
यस्तै दक्षिण अमेरिकी छनोटकै खर्काे खेलमा उरुग्वेले घरेलु टोली पाराग्वेलाई १–० ले पराजित गर्दै विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ। उरुग्वेको जितमा लुइस सुआरेजले ५०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।