काठमाडौं– राष्ट्रिय सभाको बैठक आगामी सोमबार (माघ १७) गते बस्ने भएको छ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले माघ १७ गते सोमबार दिउँसो १ बजे बैठक बस्ने गरी निर्धारण गरेका संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिएका छन्।
यसअघि माघ ३ गते सोमबार बस्ने गरी निर्धारण भएको राष्ट्रिय सभाको बैठक अघिल्लो दिन सूचना जारी गरी स्थगित गरिएको थियो।
कोरोना भाइरसको बढ्दो संक्रमणका कारण पछिल्लो समय संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक बस्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।